कार्यसम्पादन मुल्याङनको आधारमा पाँचथरमा मिक्लाजुङ अन्तिम, याङवरक पहिलो

नयाँ कुरो समाचार ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ ।

आयोगले प्रकासन गरेको नतिजा अनुसार पाँचथर जिल्लाका स्थानीय तहहरु मध्ये मिक्लाजुङ गाउँपालिका कमजोर देखिएको छ ।

विभिन्न सुचकको आधारमा गरिएको मुल्याङनमा मिक्लाजुङले ४६.८ अंक मात्र प्राप्त गरेको छ ।

पाँचथरमा याङवरक गाउँपालिका उत्कृष्ट देखिन्छ ।

याङवरकले ७२ अंक प्राप्त गरेर पाँचथरको पहिलो, फालेलुङले ७०.७ अंक प्राप्त गरेर दोश्रो, कुम्मायकले ६२.८ अंक प्राप्त गरेर तेस्रो, ५९.५ अंक गरेर फाल्गुनन्द गाउँपालिका चौथो, ५६.५ अंक प्राप्त गरेर तुम्बेवा गाउँपालिका पाँचौ, ५५.९ अंक प्राप्त गरेर हिलिहाङ गाउँपालिका छैटौ, ४९.८ अंक प्राप्त गरेर फिदिम नगरपालिका सातौ  र सबै भन्दा कम अंक ४६.८ सहित पाँचथरका स्थानीय तह मध्ये मिक्लाजुङ आठौ स्थानमा रहेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकारको रुपमा डडेल्धुराको अमरगढी नगरपालिका भएको छ ।

१७ वटा विभिन्न सूचक राखेर १०० पूर्णाङ्कमा अमरगढीले ७५३ स्थानीय सरकारमध्ये सबैभन्दा धेरै ८१.७ अंक ल्याएको हो । यस्तै नगरपालिकातर्फ र समग्रमा पनि अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले उच्च अंङ्क हासिल गरेको छ ।सुर्योदयले  ८०.२ अंक ल्याएको हो ।

प्रदेस तर्फ आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ ।

सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ । त्यसैगरी, कोशीले ५० दशमलव ९, बागमतीले ४५ दशमलव ६, कर्णालीले ४१ दशमलव ६, गण्डकीले ४० दशमलव ८ र लुम्बिनीले ३५ दशमलव ९ अङ्क प्राप्त गरेको छ ।

कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ, मधेश प्रदेशले ३० अङ्कमात्र पाएको छ ।

आयोगले यही कार्यसम्पादनका आधारमा प्रदेश र स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवं आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ ।

कार्यसम्पादन चित्त नबुझेमा एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन पनि आयोगले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार