यथास्थितीमा सामाजिक सञ्जाल विधेयक अस्विकार्य : सहमहामन्त्री आङदेम्बे

नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले यथा स्थितीमै सामाजिक सञ्जाल विधेयक पारित गर्न नहुने बताएका छन् ।

नियमन गर्ने नाममा फौजदारी अभियोग लगाएर कालान्तरमा दुःख दिने प्रावधान स्विकार्न नसकिने आङदेम्बेको ठहर छ ।

भोली कुनै शासकले गलत ब्यख्या गरेर यही प्रावधानले लोकतन्त्रको आधारभूत मुल्य र मान्यतालाइ मार्न सक्ने भएकोले यथास्थितीमा यो विधेयक अस्विकार्य रहेको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको अन्र्तकृया कार्यक्रममा आङदेम्बेले सो कुरा बताएका हुन् ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार