नयाँ कुरो समाचार,
स्वाचालित तथा हातैले चलाउन मिल्ने दुइ वटा मेसिनहरु प्रदशन गरिएको हो।कामाक्षा एग्री एण्ड इन्जिनियरिङ झापामा निर्माण गरिएका मेसिनबाट सहजै अलैँची ग्रेडिङ गर्न सकिन्छ।दुइवटै मेसिनबाट अलैँचीका गुणस्तर निकाल्न सकिने कामाक्षा एग्रो एण्ड इन्जिनियरिङका ध्रुव अधिकारिले जानकारी दिनु भयो।
सबैभन्दा ठुलो ,मध्यम र सानो गरि तिन आकार र गुणस्तरको अलैँची यी मेसिनहरुबाट छान्न मिल्ने छ। गुणस्तर अनुसार अलैँची मुल्यसमेत फरक पर्ने भएकाले कृषकले यसबाट फाइदा लिन सक्ने व्यवसायी संघका खेमनाथ अधिकारिले जानकारी दिनु भयो।
प्रदशन गरिएका मेसिनहरुलाइआवश्यकताका आधारमा परिमार्जन गरि किसान तथा व्यवसायीले खरिद गर्न सक्ने कामाक्षा एग्री एण्ड इन्जिनियरिङले जानकारी दीएका छन्।