नयाँ कुरो समाचार ।। पाँचथरको फिदिम स्थित विद्यावरदान स्कुलले विद्यार्थीको म्यादी विमा गरिदिएको छ ।
विद्यालयका सबै विद्यार्थीको रु १ लाख रुपैंया बराबरको म्यादी विमा गरिएको विद्यालयका सञ्चालक अनुज भट्टराईले जानकारी दिए ।
नेको इन्स्युरेन्स संगको सहकार्यमा उक्त विद्यालयमा अध्यनरत १ हजार १ सय १० जना विद्यार्थीको म्यादी विमा गरिएको हो ।
उक्त विमाबाट विद्यालयको समयमा कुनै दुर्घटना भइ विद्यार्थीहरु घाइते भएमा रु ५० हजार सम्मको उपचार खर्च र विद्यार्थीको ज्यान नै गएमा १ लाख रुपैया उनिहरुका अभिभावकले प्राप्त गर्ने नेको इन्सुरेन्स कम्पनीका पाँचथर प्रमुख चन्द्र बाँस्कोटाले जानकारी दिए ।
हाल १ बर्षको लागि गरिएको म्यादी विमालाई प्रभावकारीताको आधारमा नविकरण गर्दै लैजाने विद्यालयका प्रिन्सिपल गजेन्द्र मावोको भनाइ रहेको छ ।