पानी नअटेपछी थप टेंङ्की निर्माण गर्न जग्गा किन्दै फिदिम खानेपानी

नयाँ कुरो समाचार । फिदिम खानेपानी उपभोक्ता समितिले नयाँ टेंकी निर्माण गर्न जग्गा किन्ने भएको छ ।

हालको टेंकीमा मुहानबाट नियमित आउने पानी नअट्ने भएपछी थप टेंकीको आवश्यकता भएको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकास गुरुङले जानकारी दिनुभयो ।

फिदिम खानेपानी संग हाल ४ लाख ५० हजार लिटर क्षमताको मात्रै रिजर्भ टेंङ्की रहेको छ । यसलाइ २४ लाख ५० हजार लिटर बनाउने लक्ष्य राखेर माथिल्लो गाउँमा जग्गा बैना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

३० लाख रुपैयामा १२ आना जग्गा किन्ने निर्णय भएको र सोहि बमोजिमको प्रकृया अगाडी बढाइएको खानेपानी उपभोक्ता समितिका सचिव कमल बाँस्कोटाले जानकारी दिनुभयो ।

गएको तिहारमा खानेपानी उपभोक्ता समितिले मुहान तथा जग्गा किन्ने भन्दै देउसी भैलो कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त देउसीभैलोबाट उठेको ८ लाख रकम मध्येबाट यो भन्दा अगाडी आप्तेवा मुहान क्षेत्रमा १२ आना जग्गा खरिद गरिसकिएको सचिव बाँस्कोटाले जानकारी दिनुभयो । देउसीबाट बचेको रकममा अन्य रकम थप गरेर १२ आना जग्गा माथिल्लो गाउँमा किन्ने निर्णय भएको सचिव बाँस्कोटाको भनाइ छ ।

२०७९ सालको बैसाख १६ गते भएको अधिवेसनबाट निर्वाचित आफ्नो कार्यसमितिले समितिले ५ वटा नयाँ मुहान थप गरिसकेको, २४ घण्टा नै पानि वितरणको लागि परिक्षणको कार्य गरिरहेको, पानीको न्यूनतम महशुलमा बजार क्षेत्रमा ४५ रुपैया र गाउँ क्षेत्रमा ६५ रुपैया घटाएको, खानेपानी उपभोक्ता समितिको नाममा रहेको ऋण समेत घटाउदै लगेको अध्यक्ष गुरुङले बताउनुभयो ।

फिदिम बजार क्षेत्र मा वितरित पानी २ हजार ६ सय ३३ घरधुरीले उपभोग गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार