
नयाँ कुरो समाचार ।। फिदिम नगरपालिकाका संस्थापक मेयर ओनाहाङ नेम्वाङको निधन भएको छ ।
७७ बर्षिय नेम्वाङलाइ स्वास्थ्य समस्या भएपछी थप उपचारको लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो । सरिरमा सोडियमको कमी देखिएपछि उहाँलाइ थप उपचारको लागी हप्तादिन अगाडी जिल्ला बाहिर लगिएको पारिवारिक श्रोतले जानकारी दियो ।
उपचारकै क्रममा आज विहान १० बजे न्यूरो अस्पताल विराटनगरमा नेम्वाङको निधन भएको हो ।
नेम्वाङ स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फबाट फिदिम नगरपालिकामा विजयी बन्नुभएको थियो । नेम्वाङका ५ छोरी (१ जनाको निधन भएको) र २ जना छोरा हुनुहुन्छ ।
पारिवारिक श्रोतका अनुसार बाहिर रहनुभएका छोरिलाइ केही दिन पर्खिनको लागि नेम्वाङको पार्थिव शरिरलाइ धरानमै राखिने भएको छ ।
छोरिहरु आए पछि फिदिममा ल्याएर नेम्वाङको अन्त्यष्टी कार्य गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
शालिनता र धैर्यताका प्रतिमुर्तिको रुपमा परिचित नेम्वाङको निधनले नेपाली कांग्रेस पार्टीमा अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगुले बताउनुभयो ।
मिजाशिलो र नम्र स्वभावका नेम्वाङले फिदिम नगरपालिकाको संस्थापक मेयरको रुपमा निर्विवादित रुपमा आफ्नो कार्यकाल पुरा गर्नुभएको थियो ।