टथेनहाङको रहस्यमय मृत्यु, हप्तादिनमा पाँचथरमा २ हत्याकाण्ड !

खविन लुइटेल ।। पाँचथरमा जेष्ठ १३ र २० गते दुइ वटा हत्या काण्ड भएका छन् । पाँचथर फाल्गुनन्द वडा नं. ७ का वडाध्यक्ष देउकुमार आङदेम्बेको घरमा बस्दै आएका १६ बर्षिय टथेन हाङ आङ्देम्बे गत जेष्ठ १३ गते विभत्स अवस्थामा फेला परेका थिए ।

घरको बाहिर सिकुवाको खाटमा सुत्दै आएका टथेनहाङ लाई राती ११ बजेर १९ मिनेटमा वेहोस अवस्थामा वडाध्यक्ष देउकुमारले भेटेका थिए ।

अन्दाजी राती १० बजे तिर बाहिर निस्किदा मोवाइल चलाउदै बसेका उनलाइ समयमै सुत्न भन्दै वडाध्यक्षकी श्रीमती सुत्न गएकी थिइन् ।

राती एक्कासी बाल्टी लडेको जस्तो आवाज आएपछी बिउझिएर बाहिर निस्कदा उनलाइ सिरकले टाउको छोपेर विभत्स अवस्थामा भेटेको वडाध्यक्ष देउकुमार आङदेम्बेले बताउछन । बेहोस अवस्थामा रहेका उनलाइ उपचारको लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

टथेनहाङ स्थानीय खेम बहादुर आङदेम्बेका छोरा हुन् । उनि गत बैसाख देखी वडाध्यक्षको घरमा बस्दै आएका थिए ।

वडाध्यक्षले उनलाइ स्कूल भर्ना गरिदिएर पोशाक तथा लुगाहरु समेत दिएका थिए । विपन्न परिवारका टथेनहाङ वडाध्यक्षकै घरमा बस्ने र घर जान नमाने पछि “यो घरमा बस्ने भए त स्कूल जानुपर्छ” भन्ने वडाध्यक्षको शर्त बमोजिम भनेर सामान्य घरायसी काममा सर सहयोग गर्दै स्कूल पढ्दै आएका थिए ।

घरमा वडाध्यक्षका छोराले विदेसबाट ल्याएको पुरानो आइफोन थियो । खासै ब्याट्री नटिक्ने उक्त आइफोनमा उनी “फ्रि फायर” खेल्ने गर्थे । राती अबेला सम्म पनि सोही खेल खेलेको उनको फोन समेत हराएको छ । हाल सम्म उक्त मोवाइल नभेटिएको प्रहरीले जनाएको छ ।

घटनालाई “हत्याको रुपमा” शंखास्पद ठानेर प्रहरीले अनुसन्धान गरिरहेको पाँचथर प्रहरीका प्रमुख हेमन्त भण्डारी क्षेत्रले जानकारी दिए । उनको हत्या हुनुपर्ने कुनै काँरण नभएको प्रहरीको ठम्याइ छ ।

उक्त घटनालाइ अनुसन्धान गर्न प्रदेस तथा जिल्लाको प्रहरी टोली परिचालन भैरहेको पाँचथर प्रहरी प्रमुख भण्डारीले जानकारी दिए ।

यस्तै 

जिल्लाको फिदिम नगरपालिका १४ आहाल गाउँका धनकमार राइको घरमा धामी झाँक्री हेर्न पुगेका ३७ बर्षिय दिनेस कुमार राइको सामुहिक कुटपिटबाट मृत्यू भएको छ । १५—२० जनाको समूहमा आएका यूवाहरुले दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा लाइ कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि तत्काल पाँचथर जिल्ला अस्पतालमा ल्याइएको थियो । तर, उनलाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ । कुटपिटमा संलग्न यूवाहरु फरार रहेकोले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार