डेंगी नियन्त्रणको लागि विषादी छर्दै नगरपालिका, जोखिम देखिए खबर गर्न आग्रह

नयाँ कुरो समाचार ।। फिदिम नगर प्रहरीले डेंगी रोकथाम तथा नियन्त्रणको लागि विषादी छर्किन थालेको छ ।

बाक्लो बस्ती रहेको क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरुको रोकथाम तथा नियन्त्रणको लागी विषादी छर्ने काम सुरु गरिएको फिदिम नगर प्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए ।

बर्खा याम सुरु भएपछी विगतका बर्षहरुको अनुभवलाइ आधार मानेर यो बर्ष संक्रमण देखुन अगाडीनै पूर्व तयारी गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।

“एसिट्रामा प्रिड” नामको विषादी पानिमा मिसाएर लामखुट्टेको लार्भा भएको स्थान तथा फोहोर भएको स्थानहरुमा छर्किदा लामखुट्टे, झिंगा तथा भुसुना नष्ट हुने र तिनिहरुबाट संक्रमण फैलिन सक्ने रोगहरुको जोखिम कम हुने प्राविधिक राजेन्द्र ढकालले जानकारी दिए ।

पहिलो चरणमा फिदिमको शनिबारे, मेनरोड, जोरसाल बजार क्षेत्र र जागृती आवी मा “सेनिटाइजेन” को काम ;सम्पन्न भएको र क्रमश : बजारका सबै क्षेत्रमा गरिने नगर प्रहरी प्रमुख पुरीले बताए ।

आफ्नो घर आँगन क्षेत्रमा फोहोर जमेको नाली, लामखुट्टेको बासस्थान रहेका संकास्पद स्थानहरु भएमा नगर प्रहरीको कन्ट्रोल नं. ९८५२६८१०५२ मा सम्पर्कको लागि नगर प्रहरी प्रमुख सुजन पुरीले आग्रह गरेका छन् ।

डेंगीबाट बच्ने उपायहरू : 

एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।

आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।

घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।

पूरै शरिर ढाक्ने लुगा लगाउने ।

पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।

काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।

घररविधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्करबेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।

कम्तिमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार