पाँचथरमा ९ वटा विद्यालयको नतिजा शून्य, मौवामा परिक्षा लेख्ने सबै पास !

खविन लुइटेल ।। पाँचथरका ९ वटा विद्यालयको एसइइ परिक्षामा शून्य नतिजा आएको छ ।

जिल्लाको कालिका मावी फिदिम २, भगवती मावी फिदिम ६, सरस्वती मावी हिलिहाङ वराङफुङ, जयभवानी मावी भारपा टारी, सिद्धकाली मावी अर्खौले, नारायणी मावी फलैचा, कृष्ण मावी चिलिङदिन, सिंहदेवी मावी मिक्लाजुङ सिक्तेम्वा र सिद्द सरस्वती मावी माङजाबुङबाट १ जना पनि विद्यार्थी एसइइ परिक्षामा उर्तिण हुन नसकेको शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणी सवेहाङले जानकारी दिनुभयो ।

उता तुम्वेवाको मौवामा रहेको इन्द्रेणी माबी परिक्षा केन्द्र भएका सबै विद्यालयको उतिजा उत्कृष्ट आएको छ । शैक्षिक जनशक्ति र ब्यावस्थापनले सुविधा सम्पन्न मानिएको इन्द्रणी मावी मौवा को नतिजा सन्तोषजनक नआएपनी त्यो विद्यालयमा केन्द्र भएका वुद्धेश्वरी मावी तुम्वेवा, वलने मावी तुम्वेवा र इन्द्रावती मावी तुम्वेवा को नतिजा शत प्रतिशत छ ।

मिक्लाजुङबाट परिक्षा लेख्न तुम्वेवा गएको चन्द्रोदय मावी को नतिजा समेत शत प्रतिशत छ ।

बुद्धेश्वरीबाट ८, वलने बाट १०, इन्द्रावती बाट २३ जना विद्यार्थी परिक्षामा सहभागी थिए ।

सोही केन्द्रमा परिक्षा लेखेको त्रिवेणी मावीका १९ जना मध्ये १८ जनाले पास गरेका छन् ।

त्यस्तै शिद्ध महेन्द्र मावी तुम्वेवाका १४ मध्ये ९ जना विद्यार्थी पास भएका छन् ।

परिक्षा लेख्न मिक्लाजुङ गएको इन्द्रेणी मावीका भने साधारण तर्फ १७ जना मध्ये २ जना र प्राविधिक तर्फ २४ जना मध्ये ४ जना मात्रै विद्यार्थी उर्तिण भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार