खविन लुइटेल ।। पाँचथर जिल्लाबाट एसइइ परिक्षामा २६.४२ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
पाँचथर जिल्लाबाट एसइइ परिक्षामा सहभागी (प्राविधिक विषय बाहेक) २ हजार ५ सय ५१ जना विद्यार्थी मध्ये ६ सय ७४ जना विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन पाउने गरी उतिर्ण भएका हुन् ।
जिल्लाबाट फिदिम मावी फिदिमकी फुङसेमी ताम्लिङ लिम्बूले ३.७३ जिपिए ल्याएर जिल्लाकै सर्बाेत्कृष्ट नतिजा ल्याएउन सफल भएकी छिन ।
त्यस्तै ३.७० जिपिए ल्याएर सिद्धदेवी मावी नांगिनका अर्पण चापागाइले जिल्लाको दोश्रो उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
नयाँ नमुना मावीका परिणाम भण्डारी र विद्या वरदान इङलिस स्कूलका सुम्निमा आङदेम्बेले समान ३.६६ जिपिए सहित तेश्रो स्थानको अंक ल्याउन सफल भएका हुन् ।
जिल्लामा ६ जनाको ३.६० भन्दा धेरै जिपिए र १ सय ३३ जनाको ३.२ भन्दा धेरेै जिपिए आएको छ ।