खविन लुइटेल ।। काेशी प्रदेश मातहतका लेखा समुहका कर्मचारी आन्दोलित बनेका छन् ।
आर्थिक बर्षको अन्त्य नजिकिँदै जाँदा पाँचथर जिल्ला लगायतका कोशी प्रदेश मातहतका कार्यालयका लेखा समुहका कर्मचारी कामनै छाडेर आन्दोलनमा होमिएका हुन् ।
असार मसान्तको बेला लेखा समूहका कर्मचारी आन्दोलित बनेपछी भुक्तानीमा समस्या भएको छ ।
कर्मचारीले पेन डाउनसहितका आन्दोलनका कार्यक्रम सार्बजनिक गरेपछी प्रदेस मातहतका कार्यालयको भुक्तानी ठप्प बनेको हो ।
प्रदेश निजामती ऐनले लेखा समुहका सबै श्रेणीलाई विभेद गरेको भन्दै प्रदेश लेखा समूह कोशी प्रदेशको नेतृत्वमा उनीहरु काम छाडेर आन्दोलनमा होमिएको प्रदेस लेखा कार्यालय पाँचथरका याम प्रसाद लुइटेलले बताए ।
प्रदेस लेखा नियन्त्रक कार्यालय पाँचथरले लुइटेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ ।
विभिन्न चरणका ध्यानाकर्षण, सम्बादलाइ समेत सरोकारवाला पक्षले बेवास्ता गरेपछी आन्दोलनमा उत्रिन बाध्य भएको प्रदेस लेखा इकाइ पाँचथरका निमित्त कार्यालय प्रमुख प्रमोद खतिवडाले बताए ।
ऐन संसोधन गरेर वृति विकास न्यायोचित बनाउनु पर्ने माग राखेर आफूहरु आन्दोलनमा होमिएको स्वास्थ्य कार्यालय पाँचथरका लेखापाल राजकुमार सेन्चुरीले जानकारी दिए ।
प्रदेश निजामती सेवा अध्यादेश २०७९ तथा प्रदेश निजामती सेवा ऐनले कार्यक्षमताको मुल्यांकनद्धारा जेष्ठता र कार्यसम्पादन मुल्यांकनद्धारा हुने वढुवाको लागि अधिकृत आठौ तहसम्मको पदमा सम्बन्धित सेवा, समुह वा उपसमुहको एक तह मुनिको पदको कर्मचारी तथा नवौँ र दशौँ तहको पदको हकमा न्युनतम सेवा अवधि योग्यता पुगेका व्यक्ति उमेदवार हुने व्यबस्था रहेको छ । तर प्रदेश निजामती सेवा ऐन २०७९ पहिलो संशोधन ऐन, २०८० को संशोधनबाट कार्यक्षमताको मुल्यांकनद्धारा हुने वढुवाको लागि सम्बन्धित सेवा, समुह वा उपसमुहको एक तह मुनिको पदको कर्मचारी वढुवाको लागि आवश्यक न्युनतम सेवा अवधि र न्युनतम योग्यता पुरा भएमा संभाव्य उम्मेदवार हुनेछन् भन्ने व्यवस्था रहेको छ ।
ऐन अनुसार प्रदेश लोक सेवा आयोगले २०८० चैत्र २६ गते प्रकाशन गरेको नवौँ तहको विभिन्न पदमा गरेको विज्ञापनको वढुवा तथा खुल्ला पदमा लेखा समुहमा कार्यरत कर्मचारीहरुको वढुवामा कुनै अवसर नरहेको लेखा समूहका कर्मचारी बताउछन् ।
वर्तमान ऐनका कारण प्रतिस्पर्धामा भाग लिन समस्या परेको उनिहरुको भनाइ छ । आन्दोलनरत कर्मचारीहरुले ऐन संसोधन नभएसम्मका लागि नवौ तहको विज्ञापन स्थगित गरी सोही विज्ञापनमा समावेश गराई वढुवा प्रकृया सुचारु गर्न माग गरेका छन् । उनीहरुले माग पुरा नभए आईतबारदेखि सामुहिक विदामा बस्ने चेतावनी दिएका छन् ।
लेखा समूहका कर्मचारी आन्दोलित बन्दा विशेषगरी पूर्वाधार विकास, सिचाई, खानेपानी, जिल्ला अस्पताल, स्वास्थ्य जस्ता कार्यालयहरुको भुक्तानीमा समस्या भएको छ ।