खविन लुइटेल ।। पाँचथरको सदरमुकाम फिदिम बजार रातको १० बजे सम्म खुल्ने भएको छ ।
यो भन्दा अगाडी फिदिम बजार रातको ९ बजे नै बन्द हुदै आएको थियो ।
पाँचथर उद्योग बाणिज्य संघ, होटल ब्यावसायी लगायत स्थानीयले समेत पटक-पटक बजार खुल्ने समयावधि बढाउन माग गर्दै आएका थिए ।
बेलुका छिटै बजार बन्द हुदा ताप्लेजुङ पाथिभराबाट फर्किने यात्रुलाइ समस्या हुने गरेको होटल ब्यावसायीले बर्षाै देखी गुनासो गर्दै आएका थिए ।
विगतमा थुप्रै पटक कुरा उठेपनी पाँचथरमा भर्खरै प्रमुख जिल्ला अधिकारीको रुपमा आएका विष्णु प्रसाद कोइरालाले असार ०५ गतेको सुरक्षा समितिको बैठकमा उक्त निर्णय गराएका हुन् ।
पाँचथर उद्योग वाणिज्य संघको माग तथा फिदिम नगरपालिकाको पत्रलाइ आधार मानेर निर्णय गरिएको प्रजिअ कोइरालाले जानकारी दिए ।