खविन लुइटेल ।। पाँचथर बहुमुखी क्याम्पसले ३३ बर्ष पछी सञ्चालक समितिमा नयाँ नेतृत्व पाउने भएको छ ।
अहिले पाँचथर बहुमुखी क्याम्पसको नयाँ सञ्चालन समिति चयनको लागि क्याम्पस सभा सञ्चालन हुदैछ ।
जेष्ठ ३२ गते बाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
२०३९ सालमा स्थापना भएको क्याम्पसको २०४८ साल देखी हाल सम्म दिपक प्रकास बाँस्कोटा अध्यक्ष रहेका थिए ।
स्नातकोत्तर सम्मको अध्यन हुने जिल्लाको एक मात्र शैक्षिक संस्थाको रुपमा रहेको यस क्याम्पसमा हाल ७ सय २० जना विद्यार्थीले यस क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।
शैक्षिक गतिविधी सञ्चालन गर्न सहज बनाउने भन्दै गत फाल्गुणमा महायज्ञको समेत आयोजना भएको थियो । उक्त महायज्ञमा क्याम्पस सभा सदस्य बनेका सबैले यो क्याम्पस सभामा मतदान गर्न पाउने छन् ।
आगामी असार ३ गते हुने निर्वाचनमा सञ्चालक समितिको अध्यक्षको लागि २ जनाको उम्मेद्वारी परेको छ ।
१ अध्यक्ष पदको लागि अध्यक्षमा सुवराज थापा र नवराज घिमिरेको उम्मेद्वारी दर्ता भएको छ भने १ जना उपाध्यक्षको लागि ४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
उपाध्यक्षमा देवी अधिकारी, लवदेब ढुंगाना, दिपक भण्डारी र नविन बुडाथोकीको उम्मेद्वारी दर्ता भएको छ भने २ महिला सहित ७ जना सदस्यको लागि १६ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
क्याम्पस सभामा २५ जनाको सञ्चालक समिति रहने छ । जसमध्ये अध्यक्ष १ ,
उपाध्यक्ष १,
दुइ जना महिला सहित ७ जना सदस्य (निर्वाचन प्रकृया बाट) ,
पदेन सदस्यहरु : जिसस प्रमुख १ जना,
स्थानीय तह प्रमुख (फिदिम नगरपालिका मेयर) १ जना,
प्रमुख जिल्ला अधिकारी १ जना,
सञ्चालक समितिको निवर्तमान अध्यक्ष १ जना,
निर्माण ब्यावसायी संघ अध्यक्ष १ जना,
वडा अध्यक्ष (फिदिम नगरपालिका ४ नं. वडा) १ जना,
सम्बन्धन प्रदान गर्ने विश्वविद्यालयको प्रतिनिधी १ जना,
उद्योग वाणिज्य संघ अध्यक्ष १ जना,
प्राध्यापक संघ इकाइ समितिको सभापति १ जना,
निवर्तमान क्याम्पस प्रमुख १ जना,
अध्यक्षले मनोनयन गर्ने ४ जना
र स्ववियू सभापती १ जना गरेर कुल २५ सदस्यिय समिति बन्नेछ ।
२५ मध्ये ७ सदस्य र २ पदाधिकारीको लागि निर्वाचन हुन लागेको हो ।
यस्तो छ निर्वाचन कार्यतालिका र उम्मेद्वारको विवरण ः