बोलेरो दुर्घटना एकै परिवारका ३ सहित ८ घाइते

नयाँ कुरो समाचार  ।।

पाँचथरको मेचि राजमार्ग अन्तर्गत जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ ।

दिउसो करिव ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं.३ किसेनी खोलास्थित मेची राजमार्गमा जोरपोखरीबाट गोपेटारतर्फ जादै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको थियो ।

बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दुर्घटना भएको ३३ बर्षिय चालक खगेन्द्र गदालले बताए ।

दुर्घटनामा एकै परिवारका ३ जना आमाछोरी सहित ८ जना घाइते भएका छन् ।

घाइते यात्रुको स्थानीय स्वास्थ्य संस्था र फिदिम स्थित समर्पित अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाईतेहरूलाई प्रहरी चौकी गोपेटार बाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारको लागि फिदिमस्थित समर्पित अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरिक्षक बिनालाल साह तेलीले जानकारी दिनुभयो ।

घाइतेको विवरण र अवस्था :

१.जिल्ला ताप्लेजुङ फुङलिङ नपा २ बस्ने बर्ष ३० कि कला लिम्बु शरिरको बिभिन्न भागमा चोट, अवस्था बोलिरहेको सामान्य रहेको ।

२.ऐ. बस्ने निजको छोरी बर्ष ११ को कृष्टिन लिम्बु शरिरको बाहिर भागमा चोट अवस्था बोलिरहेको सामान्य रहेको ।

३.ऐ. बस्ने निजको छोरी बर्ष १२ कि कृष्टिना लिम्बु शरिरको बाहिर भागमा चोट अवस्था बोलिरहेको सामान्य रहेको ।

४.ऐ.बस्ने बर्ष ७२ कि सुरज कुमारी लिम्बु छातीमा दुखाई रहेको भन्ने बताएको, सामान्य बोल्ने अवस्था मध्यम रहेको ।

५.ऐ.बस्ने बर्ष ३१ को कमल लिम्बु अनुहारमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य ।

६.जिल्ला ताप्लेजुङ फुङलिङ नपा १ बस्ने बर्ष १७ को अर्जुन सापकोटा निजको घुडाँमा चोट अवस्था बोलिरहेको । उपचारको लागि फिदिमतर्फ पठाएको ।

७.ऐ.बस्ने बर्ष २३ कि संगीता सापकोटा शरिरको विभिन्न भागमा चोट अवस्था बोलिरहेको उपचारको लागि फिदिमतर्फ पठाएको ।

८. जिल्ला पाँचथर कुम्मायक गापा ३ रानीगाँउ बस्ने बर्ष ३३ को खगेन्द्र गदाल समेत उपचारको लागि फिदिमतर्फ पठाएको ।

९. सवार १ जना केहि नभएकोले आफ्नो गन्तव्यतर्फ गएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार