
ज्योती प्रभा भण्डारी ।। नेकपा एमाले पाँचथरले विष्नु प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ ।
फिदिममा सम्पन्न भएको नेकपा एमालेको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा विष्नु सापकोटा निर्विरोध निर्वाचित भएका हुन भने सचिवमा पृथ्वी लावती निर्विरोध निर्वाचित भएका छन् ।
१ उपाध्यक्ष र २ उपसचिव तथा ५ खुल्ला सदस्य पदमा भने चुनाव भएको थियो ।
चुनावबाट उपाध्यक्षमा नरवहादुर गुरुङलाई पराजित गर्दै वीरबहादुर कुरुम्वाङ निर्वाचित बने । गुरुङले १ सय १३ मत प्राप्त गर्दा कुरुम्बाङले २ सय ३६ मत प्राप्त गरेका थिए ।
यस्तै २ उपसचिवमा तुलसी थापा र कौशीला आङदेम्बे निर्वाचित भएका छन् । थापाले जेपी केरुङलाई र आङदेम्बेले कमल कुमारी योङहाङलाइ पराजित गरे ।
यस्तै ५ जना खुल्ला सदस्यको लागी ११ जनाको उम्मेद्वारी परेकोमा नवराज घिमिरे, विनोद आङदेम्बे, खगेन्द्र बाँस्कोटा, कृष्ण ओझा र राजु थाम्सुहाङ निर्वाचित भएका छन् ।
समावेशी तथा भौगोलिक तर्फका सदस्यहरु भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ४ सय २ जना प्रतिनिधीको सहभागिता रहेको अधिवेशनमा निर्वाचनमा ३ सय ५८ जना प्रतिनिधीले मतदान गरेका थिए ।
यस्तो छ निर्वाचनको पुरा अन्तिम मत परिणाम :
निर्विरोध निर्वाचित सदस्यहरुको विवरण :