शिक्षक संघ कोशी प्रदेस कार्यसमितिको प्रतिनिधि सभा फिदिममा सम्पन

नयाँ कुरो समाचार ।। नेपाल शिक्षक संघ कोसी प्रदेस कार्य समितिको प्रतिनिधि सभा फिदिममा सम्पन्न भएको छ ।

कोशी प्रदेसका १४ वटै जिल्लाका शिक्षकहरुको उपस्थितीमा फिदिमको जिसस सभाहलमा २ दिन सम्म सभा सञ्चालन भएको थियो ।

नेपाल शिक्षक संघ कोशी प्रदेसको आयोजना तथा शिक्षक संघ पाँचथरको व्यावस्थापनमा कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक स‌ंघ पाँचथरका अध्यक्ष होमप्रसाद खनालले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षक संघका संघिय अध्यक्ष सोमनाथ गिरी, उपाध्यक्ष विरेन्द्र कुमार खड्का लगायत पदाधिकारी, कोशी प्रदेस समितिका पदाधिकारी, १४ वटै जिल्लाका अध्यक्ष तथा पदाधिकारी र पाँचथरका पदाधिकारी सहित ठुलो संख्यामा शिक्षकको उपस्थिती रहेको थियो ।

“गुणस्तरिय शिक्षाको आधार मर्यादित शिक्षण पेसाको पूर्वाधार” भन्ने मुख्य नारासहित शिक्षक संघले आफ्नो प्रतिनिधी सभा सम्पन्न गरेको हो ।

प्रतिनिधि सभामा भेला भएका शिक्षकले यथाशिघ्र शिक्षा एन शिक्षक कर्मचारी मैत्री ल्याउनु पर्ने, गुणस्तरिय शिक्षाको लागि गुणस्तरिय लगानी सबै सरकारबाट हुनुपर्ने, संविधान संशोधन गरि अनुसुची ८ बाट शिक्षा हटाउनु पर्ने, शिक्षक संघको विधानमा समयानुकुल परिमार्जन हुनुपर्ने माग राख्दै शिक्षक संघमा आवद्ध शिक्षकहरुलाइ सबल, सक्षम र विद्यार्थीका विचमा लोकप्रिय बन्ने वातावरण सृजना गर्दै अवसरहरु प्रदान गरिने समेत घोषण गरेको छ ।

सभामा नेपाल शिक्षक संघमा आवद्ध प्रअहरु मध्ये उत्कृष्ट प्रअको रुपमा महेन्द्र रत्न मावी विर्तामोडका प्रअ खड्ग प्रसाद खरेल, उत्कृष्ट विद्यालय रुम्जाटार माबी ओखलढुंगा, शिक्षक संघको उत्कृष्ट पालिका समिति रामग्रामथान मोरङ र उत्कृष्ट जिल्ला कार्य समितिमा पाँचथर जिल्ला कार्यसमिति घोषित हुदै सम्मानित भएका थिए ।

सभामा कोशी प्रदेस कार्यसमितिका अध्यक्ष तेजप्रसाद चौलागाइले नीति तथा कार्यक्रम, महलिा उपाध्यक्ष रामकुमारी भण्डारीले महिला विभागको प्रतिवेदन, महासचिव मातृका प्रसाद न्यौपानेले सांगठनिक प्रतिवेदन, अर्थ महासचिव इन्दिरा कटुवाटबाट आर्थिक प्रतिवेदन पेश भएको थियो ।

नेपालको शैक्षिक र राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रजातन्त्रवादी शिक्षकहरुको संगठन नेपाल शिक्षक संघले वि.सं. २००७ साल देखीनै सङ्गठित हुदै पेशागत हकहित र प्रजातन्त्रको पक्षमा आफ्ना आवाजहरु वुलन्द पार्दै आइरहेकोमा वि.सं. २०४७ साल देखी विधिवत स्थापना भइ आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।

फिदिममा आयोजित कोशी प्रदेस कार्यसमितिको खुल्ला सत्र कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगु, निवर्तमान सभापती नरेन्द्र कुमार केरुङ, फिदिम नगरपालिकाका मेयर मित्रप्साद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे, तुम्वेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष खविन लुइटेल तथा नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका अध्यक्ष दिवाकर बाँस्कोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार