
ज्योती प्रभा भण्डारी।। सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ ।
२४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
थपिएका सहिदमध्ये थपिएकामध्ये सबैभन्दा बढी रोल्पाका छन् । रोल्पामा मात्रै ३ सय ६९ जना सहिद थपिएका छन् । त्यस्तै कालिकोटका १७१, काभ्रेका १६८, जाजरकोटका १६५, बर्दियाका १३३, बाँकेका १०१, दाङका १००, कैलाली ९० रुकुम पूर्वका ७०, पाँचथरका ७०, रुकुमपश्चिमका ६९ र धादिङका ५५ जना सहिद थपिएका छन् ।
पाँचथरका नयाँ सहिदहरुको सूची यस्तो छ ।