खविन लुइटेल / पाँचथर ।। फिदिम नगरपालिकाले फुसको छानो हटाउने अभियानलाइ तिब्रता दिएको छ ।
नगरपालिका भित्र रहेका घरको फुसको छानो विस्थापन अभियान अन्तर्गत यो बर्ष मात्रै नगरपालिकाले ७ सय ८१ बण्डल जस्तापाता खरिद गरेर वितरण गरिरहेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।
यसै अभियान अन्तर्गत गएको बर्ष नगरपालिकाले १ सय ६८ घर परिवारलाइ जस्ता वितरण गरेको थियो ।
नगरपालिकाको तथ्याङ्क अनुसार अझै पनि नगरपालिका का १३४ वट वडामा ३ सय भन्दा धेरै घरहरु फुसको छानो भएका छन् ।
“आर्थिक अभावकै काँरण घरको छाना चुहिने अवस्थाको कसैको पनि हुन नहुने” भन्दै सकेसम्म चाँडै सबै नगरबासीको घरमा जस्ताको छानो पु¥याउने नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताउनुभयो ।
नगरपालिकाले घर भएर जस्ताले छाउन नसकेका नागरिकलाइ जस्ता वितरण गर्दै आएको छ भने घरनै नभएका नागरिकको लागि घर निर्माण गरिदिने अभियान समेत सञ्चालन गरिरहेको नगरप्रमुख काफ्लेको भनाइ रहेको छ ।