त्रिभूवन आर्मी फुटबल क्लबले जित्यो चौथो पाँचथर गोल्डकपको उपाधी

नयाँ कुरो समाचार ।। पाँचथरमा सञ्चालन भएको चौथो पाँचथर गोल्डकपको उपाधी त्रिभूवन आर्मी फुटबल क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक पाँचथर क्लबलाइ ४—२ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

खेलको ३० औ मिनेटमा आर्मीका पदम तामाङले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए ।

३९ मिनेटमा आयोजकका आशिस चापागाइले गरेको गोलले खेललाइ बराबरिमा फर्कायो । ४६ औ मिनेटमा आयोजककै प्रशान्त लक्समले गोल गर्दै आयोजकलाइ अग्रता दिलाएका थिए । तर ५३ औ मिनेटमा आर्मीका सन्तोष केसीले उत्कृष्ट फ्रि किक प्रहार गर्दै खेललाइ बराबरीमा फर्काए । पुनः आर्मीका दिप लामाले ६२ औ र ७८ औ मिनेटमा २ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित पारे ।

जित संगै आर्मीले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैया र ट्रफि हात पार्यो भने आयोजक पाँचथर क्लबले २ लाख ५५ हजार ५ सय ५५ रुपैंयामा चित्त बुझायो ।

चौथो पाँचथर गोल्डपमा आर्मिका तर्फबाट उत्कृष्ट प्रशिक्षक आर्दश मल्ल, उत्कृष्ट मिडफिल्डर रुपेस क्षेत्री, उत्कृष्ट गोलरक्षक नविन परियार बनेका छन् । सर्बाधिक गोलकर्ता आयोजकका शुक्रराज राइ, उदयमान खेलाडी आयोजककै मनिष क्षेत्री बन्दै विधागत उत्कृष्ट खेलाडीले जनहि १० हजार रुपैया सहित ट्रफि प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी आयोजकका कप्तान रोशन आङदेम्बे घोषित भएका छन भने उनले नगद १५ हजार रुपैया सहित ट्रफि हात पारे ।

फाल्गुण १२ गते शनिबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेको पाँचथर गोल्डकपको चौथो संस्करण कोसी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले समापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार