पाँचथर १७, फाल्गुण । त्रिभूवन आर्मी क्लब काठमाण्डौ पाँचथरमा जारी चौथो पाँचथर गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।
बिहिबार भएको खेलमा झापा ११ लाई टाइब्रेकरमा ३—० ले पराजित गर्दै आर्मीले फाइनलको यात्रा पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १—१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा आर्मीका सन्तोष केसी, दिप कुमार लामा र मन बहादुर आले मगरले गोल गरेका थिए ।
रोजिन माझी, पेमा तामाङ र विशाल तामाङले टाइब्रेकरमा गोल गर्न नसक्दा झापा घर फर्किनु परेको हो ।
फाल्गुण १९ गते हुने फाइलन खेलमा त्रिभूवन आर्मी क्लब काठमाण्डौले आयोजक पाँचथर क्लब संग उपाधिको लागि खेल्ने छ ।
पाँचथर गोल्डकपको यो संस्करणमा नेपालको ए डिभिजन क्लब सहित नेपाल तथा भारतका ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेता टिमले ५ लाख ५ हजार उपबिजेता टिमले २ लाख ५५ हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गर्ने आयोजक क्लबका सचिव योगराज सेढाइले जानकारी दिए ।
यो पुरस्कार पाँचथर जिल्लामा सञ्चालन भएको खेलकुद प्रतियोगिताको हाल सम्मकै सर्वाधिक पुरस्कार राशी हो ।
फाल्गुण १९ गते शनिबार पाँचथर गोल्डकपको फाइनल खेल सञ्चालन हुनेछ ।