१६ फाल्गुण, पाँचथर । आयोजक पाँचथर क्लब पाँचथरमा जारी चौथो पाँचथर गोल्डकपको फाइनलमा प्रवेस गरेको छ ।
बागमती युथक्लब सर्लाहीलाइ १—० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा पक्का गरेको हो ।
पहिलो हापको इन्जुरी समयमा आयोजकका कप्तान रोशन आङदेम्बेले गरेको गोल नै निर्णायक गोल बन्यो ।
ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबल सहित ८ टोलीले सहभागिता रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पुरस्कार पाँचथर जिल्लामा सञ्चालन भएको खेलकुद प्रतियोगिताको हाल सम्मकै सर्वाधिक पुरस्कार राशी हो ।
पाँचथर गोल्डकपमा बिहिबार त्रिभुवन आर्मि क्लब र झापा ११ विच खेल हुने आयोजक संस्थाले जनाएको छ ।