खविन लुइटेल ।। यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले फिदिमको निर्माणाधिन खेलमैदान पुरा गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् ।
फिदिम मावीको खेलमैदानमा आजबाट सुरु भएको चौथो पाँचथर गोल्डकपको उद्घाटन समारोहमा बोल्दै मन्त्री लिम्बूले “यो खेलमैदान पुरा गर्न कति रकम चाहियो ?” भनेर मञ्चमा बसेका फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेलाइ सोधका थिए । काफ्लेले ७ करोड रुपैया लाग्ने बताएपछी त्यो रकम दिन आफु तयार रहेको तर समयमा काम सक्ने र प्रभावकारी काम गर्ने गराउनेमा स्थानीय नेतृत्वको प्रतिवद्धता मन्त्री लिम्बूले मागेका थिए । मञ्चमा बसेका सबै अतिथीले हामी गराउछौ भनेपछी मन्त्री लिम्बूले यो खेलमैदान पुरा गर्न आवश्यक बजेट दिने प्रतिवद्धता गरे ।
उद्घाटन समारोहमा बोल्ने सबै बक्ताले मन्त्री लिम्बूलाइ खेलमैदानको विषयमा जानकारी गराएका थिए ।
ठेकेदारको लापरवाहीले थुप्रै काम रोकिएको भन्दै आक्रोशित बनेका मन्त्री लिम्बूले स्थानीयले काममा अवरोध गरे यहाँ आएर भन्न र राज्यबाट अवरोध भए आफूलाइ सुनाउन आग्रह गर्दै समयमै काम सम्पन्न गर्न २ या ३ सिफ्टमा काम गर्ने प्रणालीको सुरुवात गर्नुपर्ने बताए ।
पाँचथर आइपुगेको मन्त्री लिम्बूले आज विहान खेलमैदानको अवलोकन समेत गरेका थिए ।
पाँचथर गोल्डकपको चौथो संस्करण आजबाट सुरु भएको छ । फाल्गुण १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लब सहित भारत का गरी ८ टिमको सहभागिता रहेको छ ।