पाँचथर १२ फाल्गुण ।। पाँचथर गोल्डकपको चौथो संस्करण आजबाट पाँचथरको सदरमुकाम फिदिममा सुरु भएको छ ।
प्रतियोगिताको यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक पाँचथर क्लबले नमोवुद्ध युवा क्लब सप्तरीलाइ ३—० गोल अन्तरले ले पराजित गरेको छ । आयोजकका तर्फबाट खेलको १०, ३३ र ६१ औ मिनेटमा शुकराज राइले ३ गोल गरेका थिए । खेलमा ह्याट्रिक गर्ने शुकराज राइ आजको म्यान अफ द म्याच भए ।
फाल्गुण १९ गते सम्म सञ्चालन हुने पाँचथर गोल्डकपको यो संस्करणमा नेपालको ए डिभिजन क्लब त्रिभूवन आर्मी सहित नेपाल तथा भारतका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैया र उपबिजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव योगराज सेढाइले जानकारी दिए । यो पुरस्कार पाँचथर जिल्लामा सञ्चालन भएको खेलकुद प्रतियोगिताको हाल सम्मकै सर्वाधिक पुरस्कार राशी हो ।
खेलमा दर्शकको लागि समेत पुरस्कार राखिएको छ । आजको पेनाल्टी सुटआउट हिरो बन्दै राजेश राइ र फ्यान अफ दि म्याच बन्दै उर्गेन तामाङले जनही २ हजार ५ सय रुपैया प्राप्त गरे ।
आईतबार हुने खेल झापा ११ र इलामको रेडहर्स फुटबल क्लब विच हुने आयोजकले जानकारी दिएको छ ।