खविन लुइटेल ।। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रदेस तथा स्थानीय तहले कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्राप्त गरेको अंक सार्बजनिक गरेको छ । प्रदेश तथा स्थानीम तहको कार्य सम्पादन मुल्याङ्कन कार्यविधी २०७८ बमोजिम सार्बजनिक गरिएको नतिजामा पाँचथरको याङवरक गाउँपालिकाले जम्मा ४८.२६ अंक प्राप्त गर्दा, हिलिहाङले २५.४९ अंक प्राप्त गरेको छ । यस्तै फालेलुङले ३६.२९, फाल्गुनन्दले ३१.१८, फिदिम नगरपालिकाले ३८.९८, कुम्मायकले ३६.६२, तुम्वेवाले ३७.६६ र मिक्लाजुङले २४.७९ अंक प्राप्त गरेको छ ।
विभिन्न १६ वटा सूचकको आधारमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले स्थानीय तहको मूल्याङ्कन गर्ने गर्दछ । जहाँ समयमा गाउँसभा/नगर सभा सञ्चालन गरेको देखी लिएर गाउँपालिकाको बेरुजुको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था, विद्यार्थी भर्ना तथा टिकाउ दर, बालबालिकाले पूर्ण खोप पाए/नपाएको लगायतका सूचक रहेका छन् ।
चितवनको भरतपुर महानगरपालिकाले ५६.२९ अंक प्राप्त गर्दा सर्लाहीको हरिपूर्वा नगरपालिको ५.९९ अंक प्राप्त गरेको छ ।
यस्तै १० वटा सूचकलाइ आधार मानेर गरिएको प्रदेस सरकारको मुल्याङनको नतिजा भने यस्तो छ ।