पाँचथर ०२, फाल्गुण ।। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षालाइ प्रविधि संग जोड्न सक्नु आजको चुनौती रहेको बताउनुभएको छ ।
पाँचथरको सदमुकाम फिदिममा पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको धार्मिक महोत्सव तथा ज्ञान महायज्ञको उद्घाटन गर्न पाँचथर पुग्नुभएको पौडेलले सो कुरा बताउनुभएको हो ।
फरक प्रसंगमा राष्ट्रपति पौडेलले हाम्रो मुलुकको भिरालो जमिन बाट प्रसस्त लाभ लिन सकिने र त्यस तर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।
पाँचथर जिल्लाको उच्च शिक्षा अध्यापन गराउने पाँचथर बहुमुखी क्याम्पसको दिगो सञ्चालन र ब्यावस्थापनको लागि यही फाल्गुण २ गते देखी ९ गते सम्म धार्मिक महोत्सवको आयोजना गरिएको छ ।
सप्ताहरुपमा लाग्ने महायज्ञमा वाचन प्रविण दिनबन्धु पोख्रेल प्रमुख कथा वाचकको रुपमा रहनुभएको छ । धार्मिक महोत्सवमा बौद्ध धर्म दर्शन सम्वन्धी खेन्पो फुर्तेम्वा शेर्पा र किराँत धर्म दर्शन सम्बन्धी मुन्धुम विद चन्द्रकुमार शेर्माबाट प्रवचनको कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
क्याम्पसको आय श्रोत कमजोर हुँदा शैक्षिक गतिविधि सञ्चालनमा समस्या भएको भन्दै अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको पाँचथर क्याम्पसका प्रमुख खेमनाथ खतिवडाले जानकारी दिनुभयो ।