स्व. अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट गिरिराज बाँस्कोटा र बिमला तुम्खेवा सम्मानित

नयाँकुरो समाचार ।। स्व. अमर नेम्वाङको पाँचौ स्मृती दिवसको अवसरमा श्रष्टालाइ सम्मान गरिएको छ । यो बर्षको स्व. अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट गिरिराज बाँस्कोटा र बिमला तुम्खेवा सम्मानित हुनुभएको छ ।

द्वय श्रष्टालाइ जनही नगद ५० हजार, दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको छ ।

सम्मानित श्रष्टालाइ कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

अमर नेम्वाङ पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम अध्यक्ष तथा साहित्यकार हुनुहुन्थ्यो । गाउँपालिकामा आयोजना भएको कार्यक्रमकै शिलशिलामा साहित्य र राजनीतिमा योगदान पुर्याउनुभएका नेम्वाङको २०७५ माघ २६ गते निधन भएको थियो।

नेम्वाङको नामबाट हरेक बर्ष वितरण हुने छात्रवृत्ति अन्तर्गत यो बर्ष ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाइ १० हजार नगद प्रदान गरिएको छ ।

स्व. नेम्वाङको स्मृती दिवसकै अवसरमा  आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत समेत प्रदान गरिएको छ  ।

आगलागीबाट ज्यान गुमाएका हिलिहाङ-७ का सेसे पन्दाक, फिदिम-५ का सनिप खाती, फाल्गुनन्द-१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ-७ का सरिता राई, वाढी पहिरोबाट ज्यान गुमाएका हिलिहाङ-७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझी, फालेलुङ-४ की जुना सावदेन, फिदिम १० का सन्जोग लोवा र फिदिम-५ का राजकुमार राईका आफन्तलाइ नगद १० हजार रुपैयाँका दरले प्रतिष्ठानले राहत प्रदान गरेको हो ।

स्व. नेम्वाङका परिवारसदस्यले स्थापना गरेको अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष स्मृति दिवसको अवसर पारेर स्रष्टा सम्मान, राहत वितरण र पुरस्कार वितरण गर्दै आएको छ ।

पाँचौ स्मृती दिवसको कार्यक्रम याक्थुङ लेखक संघले संयोजन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार