पाँचथर गोल्डकपको चौथो संस्करण फाल्गुण १२ गते देखी

नयाँ कुरो समाचार ।।पाँचथर गोल्डकपको चौथो संस्करण आगामी फाल्गुण १२ गते देखी १९ गते सम्म फिदिममा सञ्चालन हुने भएको छ ।

२०७६ सालमा तेस्रो संस्करण भएको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता कोरोना कालमा सञ्चालन हुन सकेको थिएन ।

पाँचथर फुटबल क्लबले आयोजना गर्दै आएको यस प्रतियोगिताको चौथो संस्करणको तयारी सुरु भएको आयोजक संस्थाले पत्रकार सम्मेलनको गरेर जानकारी दिएको हो ।

पाँचथर गोल्डकपको चौथो संस्करणमा ८ टिमको सहभागिता रहने आयोजक क्लबका सचिव योगराज सेढाइले जानकारी दिए ।

पाँचथर गोल्डकपको चौथो संस्करणको विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि तथा उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैया सहित ट्रफि प्राप्त गर्नेछन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेलिसकेका खेलाडीको खेल यो बर्ष पनि फिदिम मावीको खेलमैदानमा हेर्न सकिने गरि तयारी भैरहेको आयोजक संस्थाका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए ।

५७ लाख  भन्दा धेरै लागत अनुमान गरिएको प्रतियोगितामा खेलाडी अफिसियल तथा दर्शकको समेत दुर्घटना विमा गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार