फिदिममा के भने ओलीले ? (भिडियो)

खविन लुइटेल

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता पैदा भए नेपाल गरिव नै रहने बताएका छन् ।

पहिचानवादीलाइ लक्षित गर्दै विचारमा विभेद भए त्यसलाइ विधी र पद्धतीबाट समाधान खोजिनु पर्ने भन्दै ओलिले अस्थिरता पैदा नगर्न र दुस्मनी गरेर कही पनि नपुगिने बताएका हुन् ।

नेकपा एमालेको समृद्धिको लागी यात्राको क्रममा पाँचथर आइपुगेका अध्यक्ष ओलीले मान्छेको बोली हुने भएकोले गोरुको जस्तो भ्वाक्क हान्ने काम गर्न नहुने   टिप्पणी गरे ।

मध्यपहाडी लोकमार्गको यात्राको क्रममा आफुहरुले नागरिकमा उत्साह भरेको भन्दै ओलीले ८४ को चुनावमा एमालेले बहुमत पाए मात्रै मुलुकमा विकास र स्थिरता हुने दावी गरे ।

पहिचनाबादीको सम्भावित विरोध प्रदर्शनलाइ ख्याल गर्दै कडा सुरक्षा घेरा विच फिदिम आइपुगेको ओलीले २०७९ को चुनाबमा नेपाली कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेको, एमालेलाइ झुटा मुद्धाहरु लगाएर फसाउने र एमालेका नेताहरु थुनाएका भएका काँरण ७९ को चुनाबमा आफ्नो बहुमत नआएको तर्क गरे । ज्यान मुद्धामा सफाइ पाएका लक्ष्मी महतो कोइरीलाइ संकेत गर्दै ओलीले कोइरीले न्याय पाएको इकिंत गरे ।

एमाले अध्यक्ष ओलीले शनिबारनै फिदिममा भर्खरै निर्माण सम्पन्न भएको नेकपा एमालेको जिल्ला कमिटिको भवनको उद्घाटन समेत गरेका छन् ।

ओलीले फिदिमको खेलमैदान निर्माण बसन्त नेम्वाङको पहलमा आफुले सुरु गरेको भन्दै यहाँ बन्ने सामुदायिक भवन निर्माणमा समेत अग्रसरता लिने बताए ।

एमालेको गत मंसिर १४ गते बाट सुरु भएको समृद्धिको लागी संकल्प यात्रा आइतबार मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सकिदैछ ।

आइतबार भारत संगको सिमावती क्षेत्र चिवा चिवा भञ्ज्याङमा एमाले अध्यक्ष सहितको टोली पुग्ने नेकपा एमाले जिल्ला कमिटि पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार