पाँचथर २३ मंसिर ।। पाँचथरमा सञ्चालन भएको किराँत गोल्डकपको उपाधि डांगि हर्ट फुटबल क्लब मोरङले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा विर्तामोड युनाइटेड झापालाइ २—१ गोल अन्तरले हराउदै मोरङले उपाधि जितेको हो ।
उपाधी संगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्यो भने झापा ले २ लाख २ हजार २ सय २२ रुपैयामा चित्त बुझायो ।
मोरङको जितमा सञ्जय राइ र उमेश धिमालले १—१ गोल गरे । झापाको तर्फबाट योगेस गुरुङले १ गोल फर्काएका थिए ।
किराँत गोल्डकपको सर्बोत्कृष्ट खेलाडीे मोरङका अभिशेख लिम्बू घोषित हुदै २५ हजार रुपैया पुरस्कार हात पारे ।
प्रतियोगितामा डांगि हर्ट फुटबल क्लब मोरङका प्रमिजय गच्छदार उत्कृष्ट गोलरक्षक, मान बहादुर परियार उत्कृष्ट डिफेण्डर, उमेस कार्की उत्कृष्ट मिडफिल्डि, राज लिम्बू उत्कृष्ट प्रशिक्षक र सञ्जय धिमाल सर्वाधिक गोलकर्ता घोषित हुदै जनही रु १० हजार पुरस्कार हात पारे ।
आयोजक पाँचथर फुटबल क्लबका शुक्रराज राइ उदयमान खेलाडीको रुपमा १० हजार नगद सहित पुरस्कृत भए ।
गत मंसिर १६ गते देखी पाँचथर सदरमुकाम फिदिमममा सञ्चालन भएको वाइवाइ प्रथम अन्तराष्ट्रिय गोल्डकप सञ्चालन भएको थियो ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब सहित नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको थियो ।