पाँचथर २१ मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा बिहिबारको खेलमा विर्तामोड युनाइटेड क्लब झापा वियजी हुदै फाइनलको यात्रा तय गरेको छ ।
कर्ण सिं सोनाम स्मृती फुटबल क्लब ताप्लेजुङले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा फाइनल खेल्ने अवसर गुमायो ।
ताप्लेजुङका तर्फबाट खेलको आठौ मिनेटमा दिपेश लिम्बूले गोल गरेका थिए ।
खेलको ३२ औ मिनेटमा झापाले पाएको पेनाल्टीको अवसरलाइ झापाका रोमन भुजेलले गोलमा परिणत गरे संगै झापा खेलमा फर्कियो ।
पहिलो हापको इन्जुरी समयमा झापाका प्रदिप बुडाथोकीले गरेको गोलले झापाले ताप्लेजुङ विरुद्ध २—१ को जित निकाल्दै फाइनलको यात्रा पक्का गरेको हो ।
मंसिर २३ गते शनिबार हुने फाइनल खेलमा आजको विजेता झापा र डाँगी हर्ट फुटबल क्लब मोरङ विच खेल हुनेछ ।
हिजोको खेलमा आयोजक पाँचथर फुटबल क्लब पाँचथरलाइ हराउदै मोरङ फाइनल पुगेको थियो ।
किराँत गोल्डकप पाँचथर जिल्लामा हाल सम्म सञ्चालन भएको फुटबल प्रतियोगिताहरु मध्येकै सर्बाधिक पुरस्कार राशी भएको प्रतियोगिता हो । यो प्रतियोगिताको विजेताले उपाधि सहित ४ लाख ४ हजार ४ सय ४४ र उपविजताले २ लाख २ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन् ।
वाइवाइ अन्तराष्ट्रिय किँरात गोल्डकपको पहिलो संस्करणमा नेपालका ए डिभिजन क्लब सहित नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको थियो ।