किराँत गोल्डकपमा डि. एफ. सि. मोरङ फाइनल प्रवेस

पाँचथर २० मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा डाँगी हर्ट फुटबल क्लब मोरङ फाइनल प्रवेश गरेको छ ।

आयोजक पाँचथर फुटबल क्लब विरुद्ध ट्राइब्रेकरमा कठिन जित निकाल्दै मोरङले फाइनलको यात्रा तय गरेको हो ।

ट्राइब्रेकरमा आयोजकका रोशन आङदेम्बे र प्रकाश धमलाले गोल गर्न चुक्दा मोरङको फाइनल यात्रा तय भएको हो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा मोरङले ४—१ को जित निकाल्यो । मोरङका तर्फबाट उमेश राइ, उमेश कार्की, अभिशेक लिम्बू र सञ्जय धिमालले गोल गरेका थिए भने आयोजकका तर्फबाट अशिम राइले मात्रै गोल गरेका थिए ।

मोरङले अब भोली हुने झापा र ताप्लेजुङको विजेता संग २३ गते फाइनल खेल्नेछ ।

किराँत गोल्डकप पाँचथर जिल्लामा हाल सम्म सञ्चालन भएको फुटबल प्रतियोगिताहरुमध्यकै सर्बाधिक पुरस्कार राशी समेत हो । यो प्रतियोगिताका विजेताले उपाधि सहित ४ लाख ४ हजार ४ सय ४४ र उपविजताले २ लाख २ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन् ।

वाइवाइ अन्तराष्ट्रिय किँरात गोल्डकपको पहिलो संस्करणमा नेपालका ए डिभिजन क्लब सहित नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार