
पाँचथर १९ मंसिर ।।
पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा हिमायन शेर्पा क्लब काठमाण्डौ पहिलो खेलबाटै बाहिरिएको छ ।
ए डिभिजन क्लब हिमालयन शेर्पा माथी कर्ण सिं सोनाम स्मृती क्लब ताप्लेजुङ खेलमा हावी हुदा हिमालयन शेर्पा घर फर्किनु परेको हो ।
मंगलबार भएको खेलमा विदेशी खेलाडी सहित मैदान उत्रिएको हिमालयन माथी ताप्लेजुङले ४—३ को जित निकाल्यो । ताप्लेजुङको जितको लागि प्रविन जवेगुले २ दिपेश लिम्बू र मञ्जित येङदेनले १—१ गोल गरेका थिए ।
हिमालयन शेर्पाको तर्फबाट विदेशी खेलाडी अस्कर र बसन्त ओझाले गोल फर्काए ।
खेलको दोश्रो हापको २९ औ मिनेटमा हिमालयन शेर्पाका बसन्त ओझाको फ्रिकिक रोक्न खोज्दा ताप्लेजुङका आशिष लिम्बूले आत्मघाति गोल गरेका थिए । ताप्लेजुङको आत्मघाति गोलले समेत हिमालयन शेर्पाले जित निकाल्न सकेन ।
आजको खेलको मेन अप द म्याच हुदै ताप्लेजुङको गोलरक्षक आकाश लिम्बूले ५ हजार नगद हात पारे ।
किराँत गोल्डकपमा भोली देखी सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर फुटबल क्लब र डि एफ सि मोरङ विच हुने आयोजक पाँचथर फुटबल क्लबले जानकारी दिएको छ ।
यो पाँचथर जिल्लामा हाल सम्म सञ्चालन भएको फुटबल प्रतियोगिताहरुमध्यकै सर्बाधिक पुरस्कार राशी समेत हो ।
वाइवाइ अन्तराष्ट्रिय किँरात गोल्डकपको पहिलो संस्करणमा नेपालका ए डिभिजन क्लब सहित नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुने आयोजक संस्था पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए ।