पाँचथर १८ मंसिर ।।
पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा छिमेकी मुलुक भारतको युनाइटेड दार्जेलिङ फुटबल क्लबलाइ हराउदै डि. एफ. सी. मोरङले सेमिफाइलनको यात्रा तय गरेको छ ।
आज फिदिम स्थित फिदिम मावीको खेलमैदानमा भएको खेलमा दार्जेलिङलाइ मोरङले ६—३ गोल अन्तरले हराएको हो ।
पहिलो हापमा लय गुमाउदा दार्जेलिङ घर फर्किन बाध्य भयो । दोश्रो हापमा लयमा फर्किन खोजेको दार्जेलिङले ३ गोल फर्कापनि जितको लागि पर्याप्त भएन ।
मोरङको जितमा अभिशेख लिम्बू र सुजन धिमालले २—२ गोल, उमेश राइ, र अरुण लिम्बूले १—१ गोल गरेका थिए ।
दार्जिलिङका तर्फबाट रोहित थापा, आशिस राइ र गणेश लिम्बूले १—१ गोल फर्काए ।
आजको खेलको मेन अप द म्याच हुदै मोरङका अभिशेख लिम्बुले ५ हजार नगद हात पारे ।
किराँत गोल्डकपको पहिलो संस्करणका विजेताले उपाधी सहित ४ लाख ४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । यो पाँचथर जिल्लामा हाल सम्म सचालन भएको फुटबल प्रतियोगिताहरुमध्यकै सर्बाधिक पुरस्कार राशी समेत हो ।
भोलिको खेल हिमालय शेर्पा क्लब काठमाण्डौ र कर्णसिं स्मृती क्लब ताप्लेजुङ विच हुने आयोजक पाँचथर फुटबल क्लबले जानकारी दिएको छ ।
वाइवाइ अन्तराष्ट्रिय किँरात गोल्डकपको पहिलो संस्करणमा नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुने आयोजक संस्था पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए ।