पाँचथर १७ मंसिर ।।
पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकप मा झापाले विजयी सुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा रेडहर्ष फुटबल क्लब इलामलाइ १—० गोल अन्तरले हराउदै विर्ता युनाइटेड झापाले सेमिफाइलनको यात्रा तय गरेको हो ।
खेलको २१ औ मिनेटमा विर्ता युनाइटेडका श्याम मुर्मले गरेको गोलनै निर्णायक गोल बन्यो । आजको गोलकर्ता श्याम मुर्म म्यान अप द म्याच समेत घोषित हुदै नगद ५ हजार रुपैया हात पारे ।
किराँत गोल्डकपको पहिलो संस्करणका विजेताले उपाधी सहित ४ लाख ४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ ।
यो पाँचथर जिल्लामा हाल सम्म सचालन भएको फुटबल प्रतियोगिताहरुमध्यकै सर्बाधिक पुरस्कार राशी समेत हो ।
वाइवाइ अन्तराष्ट्रिय किँरात गोल्डकपको पहिलो संस्करणमा नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री सम्शेर राइले गरेका थिए ।
हिजो सम्पन्न भएको खेलबाट आयोजक पाँचथर फुटबल क्लबले मितेरी फुटबल क्लब तेह्रथुमलाइ पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुने आयोजक संस्था पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए ।