किराँत गोल्डकपकाे पहिलो खेलमा आयोजक विजयी

पाँचथर १६ मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा आजबाट किराँत गोल्डकप सुरु भएको छ । आज भएको पहिलो खेलमा मितेरी फुटबल क्लब तेह्रथुमलाइ २—० गोल अन्तरले हराउदै आयोजक पाँचथर फुटबल क्बल विजयी भएको हो ।

खेलको दोश्रो हापमा आयोजकका तर्फबाट शुकराज राइ र विशाल भण्डारीले १—१ गोल गरेका थिए ।

मितेरी क्लबबाट मैदानमा उत्रिएका विदेशी खेलाडी ग्लोरीले खेलको अन्तिम समयमा रातो कार्ड पाएपछी आक्रामक बनेका अर्का विदेशी खेलाडी पेपेले समेत रेफ्रिलाइ दुर्व्यबहार गरे र  रातो कार्ड पाए ।

खेलको अन्त्य तनापूर्ण बनेपछि मितेरी फुटबल क्लब अतिरिक्त समय नखेलीकनै मैदान छोडेर बाहिरिएको थियो ।

किराँत गोल्डकपको पहिलो संस्करणका विजेताले उपाधी सहति ४ लाख ४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । यो पाँचथर जिल्लामा हाल सम्म संचालन भएको फुटबल प्रतियोगिताहरुमध्यकै सर्बाधिक पुरस्कार राशी समेत हो ।

वाइवाइ अन्तराष्ट्रिय किँरात गोल्डकपको पहिलो संस्करणमा नेपाल तथा भारतका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन काेशी प्रदेश सरकारका मन्त्री सम्शेर राइले गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल मंसिर २३ गते हुने आयोजक संस्था पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार