कर सप्ताह सकियो, फिदिममा ब्यावसायी सम्मानित

नयाँ कुरो समाचार ।। १२ औ राष्ट्रिय कर दिवस तथा कर सप्ताह सकिएको छ ।

गत मंसिर १ गतेबाट सुरु भएको कर सप्ताह ७ गते सकिएको हो । कर सप्ताहको अवसरमा देसैभरी विविध कार्यक्रम भएका छन् ।

नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार  २०७९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ।

यता कर दाता सेवा कार्यालय पाँचथरले समेत ब्यावसायी तथा सरोकारवालाइ सम्मान गरेको छ । कर सप्ताहको समापन कार्यक्रममा काफ्ले होटल एण्ड लज फिदिम र प्रमोद सप्लायर्स फिदिमलाइ सम्मान गरिएको हो ।

सम्मानित हुने ब्यावसायीले पछिल्लो ४ बर्षमा सबैभन्दा पहिले कर विवरण र कर रकम दाखिला गरेकोले सम्मानित गरिएको करदाता सेवा कार्यालय पाँचथरका प्रमुख सरोज मरासिनीले बताउनुभयो ।

कर सप्ताहकै अवसरमा फिदिमको नेपाल बैंक लिमेडेट फिदिम शाखा, र उद्योग बाणिज्य संघ पाँचथरलाइ पाँचथरका प्रमुख जिल्ला अधकारी मेख बहादुर मग्रान्ती मार्फत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

पाँचथर र ताप्लेजुङ जिल्लाका करदाताहरुलाई सहज रुपमा करमा सहभागी गराउन सहजीकरण गर्ने कर कानूनको परिपालना गराउने तथा कर सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले वि सं २०७५ सालदेखी फिदिममा करदाता सेवा कार्यालयले सेवा दिदै आएको छ ।

कर सप्ताहकै अवसरमा गत मङ्सिर ४ गते ताप्लेजुङ्मा कार्की होटल एण्ड लज, फुङलिङ ११ काफ्लेपाटी लाई समेत सम्मानीत गरिएको थियो । उक्त अवसरमा ताप्लेजुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरि सन्देशमुलक सूचनाका साथ नगर परिक्रमा गरिएको करदाता सेवा कार्यालय फिदिमले जानकारी दिएको छ ।

फिदिममा आयोजना भएको कर सप्ताह कार्यक्रमको समापनमा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रान्ती, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार