२ खोका अडियो प्रकरण : मामालाइ कारबाही, भाञ्जालाइ सफाइ !

खविन लुइटेल ।।

पाँचथरको चर्चित “२ खोका” प्रकरणमा नेपाली कांग्रेस केन्द्रिय अनुसासन समितिले जिल्ला कार्य समितिलाइ पत्राचार गरेको छ ।

केन्द्रिय अनुसासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले हस्ताक्षर गरेको पत्रमा अडियो सार्बजनिक गर्ने मामा (तत्कालिन नेपाली कांग्रेस फिदिम नगर कार्य समिति सभापति प्रकाश गुरुङ) ले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ३ बर्षको लागी नेपाली कांग्रेसको सदस्यताबाट निष्काशन गरिएको ब्यहाेराकाे पत्र नयाँ कुरोले प्राप्त गरेको छ ।

भाञ्जा (नेपाली कांग्रेस पाँचथर जिल्ला सहसचिव सन्तोष श्रेष्ठ) ले आत्मआलोचना गरेकोले निजलाइ सचेत गराइएको ब्यहोरा पत्रमा उल्लेख छ ।

कारवाहीको विषय जानकारी पाउनु भयो  ? भन्ने नयाँ कुरो को प्रश्नमा मामा (प्रकास गुरुङ) ले आफू विपीको सिद्धान्तमा लागेको ब्यक्ति भएकोले कसैले आफुलाइ कांग्रेस नबनाएको र कसैले हटाउन नसक्ने दावी गरे । उनले यसलाइ “कुकुर भुक्दै गर्छ हात्ति लम्कदै गर्छ” भन्ने अर्थमा बुझ्न समेत आग्रह गरे ।

गएको बर्ष सम्पन्न भएको स्थानीय चुनावमा फिदिम नगरपालिकाको मेयरको टिकटको सन्दर्भलाइ जोडेर नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको समेत नाम जोडिएर गत असारमा उक्त्त अडियो बाहिर आएको थियो ।

केन्द्रिय अनुसासन समितिको पत्र हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार