नयाँ कुरो समाचार ।।
गत असार २ गते राती आएको बाढीमा बगेर मृत्यू भएकी एलिसा माझी र बेपत्ता भएका आशिस माझिकी साढे ३ बर्षिया छोरी प्रिन्सा माझिको नाममा बैंक खाता खुलेको छ ।
नगरपालिकाले प्रदान गर्ने काजकृया खर्च प्रदान गर्न घरमा पुगेको बेला नगरपालिकाका मेयर, उपमेयर र ४ नं. वडाध्यक्षको टिमले नेपाल एस वी आइ बैंकका कर्मचारीलाई प्रिन्साको घरमै लगेर बैंक खाता खोलिदिएका हुन् ।
उक्त खातामा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले ५१ हजार रुपैया ब्यक्तिगत रुपमा जम्मा गरिदिएका छन् ।
आफ्नो पारिश्रमीक बापत प्राप्त हुने रकमबाट बालिकाको लागि जम्मा गरिदिएको मेयर काफ्लेले प्रतिकृया दिए । साथै बालिकाको उज्ज्वल भविष्यको कामना गर्दै इच्छुक सहयोग दातालाइ सहयोग गर्न उनले आग्रह गरेका छन् ।
हेर्नुहोस भिडियो
बालिकाको बैंक खाता सम्बन्धि विवरण ः