धान दिवसमा कृषकलाइ उपहार – “धेरै अन्न फलाउनेलाइ पुरस्कार”

नयाँ कुरो समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै अन्न फलाउने कृषकलाइ पुस्कृत गर्ने घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले आज नवमीडाँडामा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकामा सबैभन्दा धेरै अन्न फलाउने कृषकलाइ यो बर्षबाट नगदै पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो ।

यो बर्ष गाउँपालिका मा सबैभन्दा धेरै धान, मकै, कोदो, तोरी फलाउने कृषकलाइ पुरस्कृत गर्न आवश्यक रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्षले जानकारी दिनुभयो ।

फाल्गुनन्द १ नवमीडाँडामा आज नर्कटे कृषि सहकारी संस्थाले धान दिवसको कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित उपाध्यक्ष ठाकुर नेम्वाङ, निमित्त प्रशासकीय अधिकृत निर्मल अधिकारी, आर्थिक प्रशासन शाखा प्रमुख चन्द्र ब. सुब्बा लगायत विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कृषकलाई हौसला मिलोस भनेर १ दिन भएपनि गाउँपालिकाको टिम किसानको खेतमै पुगेको गाउँपालिका उपाध्यक्ष ठाकुर नेम्वाङले प्रतिकृया दिनुभयो ।

दिनभरी किसान संगै विताएको गाउँपालिका नेतृत्वले यस्ता कार्यक्रमले वास्तविक किसानका समस्या बुझ्न मद्धत पुगेको प्रतिकृया दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार