
पाँचथर ।। फाल्गुनन्द गाउँपालिका पाँचथरको १३ औ गाउँसभा जिल्लामै पहिलो पल्ट असार ०५ र ०६ गते गाउँपालिकाको सभाहल घुर्बिसे पञ्चमीमा सम्पन्न गर्यो ।
गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले असार ५ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेभएको थियो भने असार ०६ गते गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले बजेट पेश गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष ले पेश गर्नुभइको नीति तथा कार्यक्रम र उपाध्यक्षले पेश गर्नुभएको बजेट गाउँसभाको १३ ओै अधिवेशनबाट पास भएको छ ।
गाउँपालिका अध्यक्ष आङदेम्बेले पेश गर्नु भएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम शंसोधन सहित पारित भएको थियो । गाउँपालिकाले आगामी आर्थिक बर्षमा मुख्य रुपमा निम्नानुसारका नीति तय गरेको छ ।
- यो बर्षबाट प्रशासकिय भवन निर्माण सुरु गर्ने ।
- सडकको नयाँ ट्रयाक नखन्ने, भएका सडकहरुको स्त्तरोन्नती गर्ने ।
- जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी नमुना विध्यालषबाट शुरूवात गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको ब्यवस्था मिलाउने
- गर्भवती महिला जेष्ठ नागरिक, तथा विपन्न र अपांगताको परिचय पत्र भएका नागरिकलाइ एम्बुलेन्स सेवा उपलब्ध गराउने ।
- अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई निजी विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गरिने ।
- मातृभाषाको उपयोगिता मुल्याङंन गरि आवश्यकताको आधारमा थप गर्दै लगिने ।
- सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।
- जङ फुड मुक्त दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने छ ।
- विद्यार्थीलाई हप्ताको शुक्रबारको दिन नो बुकको अवधारणा अनुसार सीपमुलक तथा अतिरिक्त क्रियाकलाप कक्षा संचालान गरिनेछ। सोही दिन ड्रेसको रुपमा स्थानिय जातजाति तथा संस्कृति झल्कने पहिरनको प्रोत्साहन गरिने छ ।
- गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ।
- “एक वडा,एक व्यायामशाला” को नीति लिई युवाहरुलाई प्रशिक्षणको व्यवस्था मिलाइने ।
- विकासका कार्यक्रमहरुमा टोल विकास संस्थाहरुलाई प्रभावकारी रुपमा सहभागी गराउन यस आ।व। देखि नै लागु हुने गरी टोल विकास संस्थाहररु प्रत्येक वडाको टोल(टोलमा गठन गर्ने निति लिइनेछ।
- सुरक्षित प्रसुती हाम्रो दायित्वु भन्ने अभियानका साथ सम्पुर्ण गर्भवती महिलालाइ प्रसुतीको लागि जिल्ला अस्पताल पाँचथर सम्मको एकोहोरो एम्बुलेन्स भाडा गाउँपालिकाले ब्यहोर्ने ।
- गाउँपालिकाबाट गरिब परिचय पत्र प्राप्त गरेका विपन्न, अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र एकल महिलाहरुको स्वास्थ जाँच र उपचारका लागि निजहरुलाई पाँचथर जिल्ला अस्पताल सम्म ल्याउन (लैजान लाग्ने एम्बुलेन्स सेवा वापत हुन आउने रकमको ५० प्रतिशत गाउँपालिकाबाट उपलब्ध गराइने लगायतका महत्वपूर्ण नीति गाउपालिका अध्यक्ष बृजहाङ आङदेम्बले प्रस्तुत गर्नुभएको थियो ।
उक्त नीति कार्यान्वायन गर्न गाउँपालिकाले ५४ कयोड ४९ राख ४१ हजार ४ सम रुपैयाको बजेट सार्बजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले उक्त बजेट सार्बजनिक गर्नुभएको हो ।
गाउँपालिकाले आन्तरिक आयबाट ५५ लाख ५० हजार रुपैया संघिय सरकारको राजश्व वाँडफाडबाट ८ करोड ५८ लाख ३३ हजार ४ सय रुपैया संघिय वित्तिय समानिरकण वापत ९ करोड ८८ लाख, संघिय शसर्त अनुदान बापत २९ करोड ९३ लाख र संघिय समपुरक अनुदान बापत ५० लाख साथ संघिय विशेष अनुदान बापत ७५ लाख रुपैया प्राप्त हुने र प्रदेश सरकारको राजश्व बाँडफाँड बापत ३६ लाख ६२ हजार, वित्तिय समानिकरणा बापत ६० लाख ४७ हजार, प्रदेश शसर्त अनुदान बापत १ करोड ८२ लाख ४९ हजार, प्रदेश समपुरक अनुदान बापत १ करोड बजेट प्राप्त हुने र आ.ब. ०७९/०८० को मौजुदा १ करोड ५० लाख रुपैया रहने अनुमान गाउँपालिकाले गरेको छ ।
बजेटमा प्रशासकिय भवनका लागी २ करोड, मातृभाषा शिक्षाको लागि ५० लाख सामुदायिक विद्यालयको शैक्षिक सवलीकरणको लागि ८ लाख, वडा कार्यालयबाट गाउँपालिका सम्म जाने सडक अलवेदर बनाउन ३५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै स्थानीय पाठ्यक्रम निर्माणको लागि ४ लाख, प्रसुती सेवा प्रभावकारी बनाउन ७५ लाख, विपन्न नागरिकलाइ सहायता प्रदान गर्ने कोषमा २५ लाख, साना सिचाइका लागि २५ लाख रुपैया विनियोजन भएको छ ।
बजेटको पुरा विवरण हेर्नुहोस ……
समाचारमा प्रयोग भएका तस्विरहरु : विश्वसञ्चार