
पाँचथर ।। पाँचथरमा गत असार २ गते राती आएको बाढीले हेवाखोलाका पुल बगायोे ।
उक्त बाढीमा पाँचथरमा १ बालिका सहित ६ जना बेपत्ता भएकोमा हाल सम्म ३ जनाको मात्र मृत्यू पुष्टि भएको छ ।
ठुलो धनजनको क्षती भएको उक्त प्राकृतिक प्रकोप पश्चात यहाँका नागरिकहरु अहिले त्यसबाट उत्पन्न परिस्थितीको सामना गर्न जुटिरहेका छन् । पाँचथर-ताप्लेजुङ सडक खण्डको हेवाखोलामा बाँसको फड्के बन्दै छ अहिले घिर्नी मार्फत मानिस तथा सामान ओसार पसार भैरहेको छ ।
तर यसरी घिर्नी मार्फत ओसार पसार भैरहँदा त्यसको सेवा शुल्कमाथी भने प्रश्न उठेको छ ।
सर्वपक्षिय रुपमा छलफल भएर कार्यान्वायन भएको शुल्क भन्दा धेरै शुल्क लिने गरिएको भन्दै यात्रुहरु मर्कामा परेको गुनासो गरेका छन् । भिडियो रिपोर्ट …