पाँचथरमा बाढी : २ को मृत्यु पुष्टी, ४ जना अझै बेपत्ता (भिडियो सहित)

नयाँ कुराे समाचार ।। पाँचथरको हेवा खोलामा आएको बाढीका कारण बेपत्ता थप भएका १ जनाको शव भेटिएको छ । भने अझै ४ जना बेपत्ता रहेका छन् ।

स्थानीय माउण्टेन हाइड्रोमा कार्यरत संजोग लिम्बूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी दिवश कुँवरले जानकारी दिनुभयो ।

हिजो मात्रै पाँचथर फालेलुङको पहिरोमा पुरिएकी ५ बर्षिय जुना सावदेलाइ जिवितै उदार गरिएकोमा उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यू भएको थियो ।
असार ३ गते राती आएको बाढी र पहिरोमा परि मेची राजमार्ग र तमोर करिडोरका पक्कि पुल बगाउदा ताप्लेजुङ जिल्लासंग सड्क यातायातको सम्पर्क टुटेको छ भने अन्य थुप्रै पुलहरुमा क्षती पुगेको छ ।

माउण्टेन हाइड्रो सहित ठुला जलविद्युतका आयोजनामा समेत क्षति पुग्दा जिल्लामा अर्बोको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बर्षा निरन्तर जारी रहेकोले जिल्ला प्रहरी र प्रशासन कार्यालयले नागरिकलाइ सचेत रहन आग्रह गरेको छ ।

बाढीको बितण्डा भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार