पाँचथरमा वाढीले पक्की पुल बगायो, ६ जना बेपत्ता

ज्याेति भण्डारी
पाँचथर,असार ३।। अविरल वर्षासँगै आएको वाढिले मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा न. ४ र हिलिहाङ गाँउपालिका वडा न. ७ जोड्ने हेवा खोला पुल बगाएको छ भने ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा हेवा एक जलविधुत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा फिदिम ४ माझीटारमा बोत्तल हाउस संचालन गरेर बसेका आशिष र एलिसा माझी सहित ६ जना बेपत्ता भएका हुन् ।

पुल बगाएपछि मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनुभयो ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको स्थानियले बताएका छन् भने फालेलुङ गाउँपालिका वडा न. ३ मच्छेबुङमा मोटरेवल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार