प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ ।

सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि पनि आइतबार नै रहेको छ । यस्तै, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

त्यसपछि ती विधेयकहरुलाई निर्णायार्थ वैठकमा पेश गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार