
ज्योती भण्डारी पाँचथर
नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा पाँचथरका पत्रकारको आँखा परिक्षण तथा उपचार शिविर सञ्चालन गरिएको छ । स्थापना दिवसको अवसर पारेर जिल्लाका सञ्चारकर्मी र अतिथिको आँखा परिक्षण तथा आवश्यक औषधी वितरण गरिएको छ ।
पाँचथर चस्मा घर तथा आँखा उपचार क्लिनक संगको सहकार्यमा पत्रकारको आँखा परिक्षणको ब्यवस्था मिलाइएको प्रेस युनियन पाँचथर शाखाले जनाएको छ ।
यसैविच स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान र प्रेस तथा अभिव्यक्ती स्वत्रन्त्रताका लागी सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत प्रेस युनियन पाँचथरले आयोजना गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापती रुपनारायण जवेगु, निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी, मेख ब. मंग्रान्ती, नेपाली कांग्रेस जिल्ला सचिव दिपक नेपाल, डेकेन्द्र कुमार तामाङ, कोषाध्यक्ष रमेस भगत प्रधानांग, सहसचिव सन्तोष श्रेष्ठ र गजेन राइ लगायत पार्टीका पदाधिकारी, शुभेच्छु संघ संस्थाका प्रतिनिधी तथा विभिन्न संघ संगठनका नेतृत्वको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसर पारेर युनियनको पाँचथर शाखाले २०७४ सालमा स्थापना गरेको स्व. लोकमन स्मृती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम रु. १ लाख प्रेस युनियन पाँचथर शाखालाई अक्षयकोष स्थापना गर्ने परिवार सदस्य सृजना बाँस्कोटाले हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा भर्खरै सम्पन्न छैटौ जिल्ला अधिवेशनमा सहयोग गर्नुहुने निर्वाचन समिति तथा होटल ब्यावसायीलाई प्रेस युनियन पाँचथरे धन्यवाद पत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रेस चौतारी पाँचथरका अध्यक्ष रविन्द्र काफ्ले, प्रेस युनियनका पूर्व सभापति दुर्गा बराल, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरीराज बाँस्कोटा, नेपाल पत्रकार महासंघ कोसी प्रदेश उपाध्यक्ष लवदेव ढुंगाना, नेपाल प्रेस युनियन पाँचथरका सल्लाहकाहरु जितेन्द्र भण्डारी र विष्णु अधिकारी, नेपाल प्रेस युनियनका कोसी प्रदेश लेखा समिति संयोजक लक्ष्मी गौतम, नेपाली कांग्रेस जिल्ला कार्य समितिका निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रुपनारायण जवेगु, नेपाली कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे लगायतले शुभकामना मन्तब्य सहित प्रेस तथा अभिव्यक्ती स्वत्रन्त्रताका लागी सञ्चार क्षेत्रको भूमिका विषयमा आफ्नो धाँरणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पहिचानको आन्दोल गरिरहेका पक्षसंग बार्ता र सम्वादको माध्यमबाट निकास खोज्न सरकारलाइ आग्रह गर्नु भएको छ ।
कार्यक्रममा अधिकाशं बक्ताहरुले बलियो लोकतन्त्रको लागि सञ्चार सम्बद्ध संस्थाहरु सुदृढ र शसक्त बन्नु पर्ने सुझाब राखेका थिए ।
लोकतन्त्र माथी भैरहेको प्रहार र यो ब्यवस्थाको विरुद्धमा निर्माण गरिदै गरेको भाष्य हरुको विरुद्धमा नेपाल प्रेस युनियन लड्न सक्षम रहेको भन्दै ब्यावसायीक पत्रकारीता र पेशागत हकहितको लागि नेपाल प्रेस युनियन पाँचथर शाखा सदैव लागि पर्ने नेपाल प्रेस युनियन पाँचथर शाखाका अध्यक्ष खविन लुइटेलले बताउनुभयो ।