तनहुँ १ मा ३४ हजार ९१८ मतसहित स्वर्णिम वाग्ले विजयी

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ ।

कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी हुनुभएको हो ।

वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार