उद्योग वाणिज्य महासंघ: एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराउनुभयो । कुल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी हुनुभएको छ ।

अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार