पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै…

पछिल्लो पटक नेपालमा कोरोना संक्रमण पुनः बढ्दै गएको छ। संक्रमण केहि समय हराउने र फेरि पुनः आउने गरिरहेको छ।

कोरोना संक्रमणबाट हिजो पनि एकजनाको मृत्यु भएको थियो भने आज पनि थप एक जनाको मृत्यु भएको छ। असोज ८ गतेपछि पहिलो पटक हिजो कोरानाभाइरस सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको थियो ।

हिजो र आज गरि संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा।समीरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमण तुलानात्मक रुपमा बढेको उहाँको भनाई छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय २१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमण बढ्नुमा हामीले कम सावधानि अपनाउनु नै मुख्य कारण रहेको संक्रामक रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउनुहुन्छ । कोरोना विरुद्धको खोप नलगाएकालाई संक्रमणको जोखिम बढि हुने र संक्रमण भईहाले जटिलता आउने भन्दै तुरुन्तै खोप लगाउन उहाँ सुझाव दिनुहुन्छ ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई संक्रमण सार्ने गर्ने सम्भावना हुन्छ। पहिलो ,दोस्रो र तेस्रो लहरभन्दा अहिलेको संक्रमण धेरै फरक भएकाले मानविय क्षतिको अवस्था कम रहेको डा पुनको भनाई छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले अस्तपतालहरु तयारि अवस्थामा रहेको बताउनुहुन्छ।

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।अस्पतालहरुले पनि कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।

सरकारले संक्रमण पुनः फैलिन थालेपछि नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको पनि जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण पनि अहिले भईरहेको छ।

कोरोना संक्रमण विरुद्ध लड्न सरकारले आफ्नो तयारि भईरहेको जनाईरहदा संक्रमणबारे हामी स्वंम सचेत रहन आवस्यक छ । बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गरौं । छिन छिनमा हात धुने बानी बसालांै र कोभिडका लक्षण देखिएमा तुरुन्त अस्पताल जाऔं । ताकि संक्रमणले ठुलो रुप लिन नपाओस् र धेरैमा फैलिने जोखिम पनि नहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार