आज रास्वपाको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे आजको बैठकमा छलफल हुने भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजे बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।
रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले हिजो नै स्पष्टीकरण बुझाइसक्नुभएको छ ।

स्पष्टीकरणमा उहाँले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गर्नुभएको छ । अडियो सार्वजनिक भएलगत्तै आइतबार उहाँले एक विज्ञप्तिमार्फत आफूमाथिषड्यन्त्र भएको बताउनुभएको थियो ।

उहाँले यसविरुद्ध कानुनी उपचार खोज्ने बताउनुभएको थियो । पार्टीले भने छानबिनको निर्णय गर्दै उहाँलाई निलम्बन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार