
नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू हुने भएको छ । हिजो बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको थियो ।
राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ
घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु १६० कायम भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य रु १८०० यथावत राखिएको छ ।